राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदमा रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन्। उनको समर्थकमा बालेन शाह रहेको सचिवालयले जनाएको छ।
संशोधित कार्यतालिकाअनुसार मंगलबार ७.३० सम्म सभापति पदमा मनोनयनको समय तोकिएको छ। त्यस्तै, केन्द्रीय सदस्य पदका लागि भने आजै साढे ९ बजेसम्मको समय तोकिएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको मात्र निर्वाचन हुने लागेको हो। यी पदका लागि बुधबार बिहानबाट मतदान हुने संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ। अन्य पदका लागि भने छुट्टै निर्वाचन कार्यतालिका बन्ने भएको छ।
यस्तो छ संशोधित निर्वाचन कार्यतालिका :
