राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको उपलब्धिलाई परिणाममा बदल्नुपर्नेमा जोड दिएका छन्। चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीलाई प्राप्त उपलब्धिलाई परिणाममा बदल्न सबैले त्याग गर्नुपर्ने बताए।
‘अब हाम्रासामु दुईवटा विकल्प छन् । यो उपलब्धिलाई लिएर यसको महिमा गान गाएर हिँड्ने कि यो उपलब्धिलाई परिणाममा बदल्ने ? हाम्रासामु यी दुई चुनौती छन्,’ उनले भने।
अघिल्लो पुस्ताको जस्तो आजको राजनीति कठिन नभएको उल्लेख गर्दै उनले थपे, ‘हिजोको जस्तो आजको राजनीतिक यात्रा कठिन यात्रा होइन। अघिल्लो पुस्ताको राजनीतिक यात्रा अत्यन्त कठिन थियो। ज्यानलाई जोखिममा राख्नुपर्थ्याे, जेलनेल भोग्नुपथ्र्यो। सहिद हुनुपर्थ्याे । शरीरभरि गोलीका छर्रा बोकेर बाँच्नुपर्थ्याे।’
चाहना राख्दैमा र सपना देख्दैमा आफैँ पूरा नहुने प्रस्ट पार्दै सभापति लामिछानेले नेता कार्यकर्तालाई गुट–उपगुटमा नलागी एक भएर अघि बढ्न आग्रह गरे।