रामबाबु सुवेदीको बालगीत ‘भकुन्डाे’ सार्वजनिक

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप फुटबलको माहोलबिच रामबाबु सुवेदीको शब्दमा बालगीत ‘भकुन्डाे’ सार्वजनिक भएको छ। ‘बालबालिकाका निम्ति बालगीत’ अभियानअन्तर्गत किताब चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण भएको बालगीत विमोचन गरिएको हो।

सार्वजनिक गीतमा गायक प्रताप दासको स्वर सुन्न सकिन्छ। टेकेन्द्र नेपाली कम्पोजर रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन्। एक फुटबलप्रेमी बालकको सपना, चाहना र खेलाडी बन्न गर्ने प्रयत्नलाई अभिनयकला  र नृत्यकलाको भावद्वारा भिडिओमा प्रस्तुत गरिएको छ।   

सिविन नेपालकी पूर्वकार्यकारी निर्देशक तथा बालअधिकारकर्मी सुम्निमा तुलाधरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक तथा समालोचक झलक सुवेदी, स्वस्तिश्री गुरुकुलकी प्रबन्ध–निर्देशक मीना महर्जन, त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामालगायत उपस्थित थिए।

गीतकार रामबाबु सुवेदी, संगीतकार टेकेन्द्र नेपाली, भिडिओ निर्देशक आचार्य गोपाल, कोरियोग्राफर साहारा कोइराला र सहायक निर्देशक सन्जु नेपाली ‘टाइग्रिस’, मुख्य बालकलाकार साक्षत नेपालसहितका बालबालिकाहरूको पनि उपस्थिति थियो। 

यो बालगीत रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलमा अंग्रेजी सबटाइटलसहित हेर्न सकिन्छ।

सुझावित समाचार