दुई संस्थालाई एनआइसी एसियाको सहयोग सामग्री

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले दार्चुलास्थित एक विद्यालय तथा काठमाडौंस्थित मेरुदण्डीय पक्षघात समूह नेपाललाई आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले महाकाली नगरपालिका– ३, दार्चुलामा रहेको श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप प्रदान गरेको छ ।

प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन गर्दै विद्यार्थीको पठनपाठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकका दार्चुला शाखा प्रमुख अरुणसिंह धामीले विद्यालयका प्रधानाध्यापक वीरसिंह महरलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । 

यस्तै, मेरुदण्ड (स्पाइनल कर्ड)सम्बन्धी चोटपटक भएका व्यक्तिको पुनर्स्थापना तथा दीर्घकालीन हेरचाहमा क्रियाशील मेरुदण्डीय पक्षघात समूह नेपाललाई बैंकले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ । बैंकका काठमाडौं नर्थ सर्कल हेड सुदिनकुमार लामा तथा सिएसआर एवं वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी र महासचिव केशव थापालाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

विद्यालयलाई प्रदान गरिएको ल्यापटपले विद्यार्थीको प्रविधिमा पहुँच विस्तार गर्न तथा अध्ययन–अध्यापनलाई सहज बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 
साथै, मेरुदण्डीय पक्षघात समूह नेपाललाई उपलब्ध गराइएको आरओ वाटर प्युरिफायरले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नुका साथै लाभग्राहीको स्वास्थ्य तथा सरसफाइमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
 

See More On

सुझावित समाचार