सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई आज विशेष अदालतमा उपस्थित गराउने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तयारी छ। म्याद थपका लागि उनलाई अदालत लैजान लागिएको हो।
विभागको अनुरोधमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतमा पक्राउ गरेको थियो। उनलाई राति नै सडकमार्ग हुँदै काठमाडौं पठाइएको थियो। काठमाडौं आइपुगेलगत्तै अदालतमा उपस्थित गराइने विभाग स्रोत बताउँछ।
बिचौलिया दीपक भट्टसँग करोडौँको शंकास्पद कारोबारको विवरण भेटिएपछि विभागले उनलाई पक्राउ गरेको हो। अर्थमन्त्री हुँदा मन्त्रालय नै बिचौलियाको स्वार्थमा चलाएको आरोप पौडेलमाथि छ।