रास्वपा महाधिवेशन स्थलबाट राउतले भने– यो ऐतिहासिक परिघटना हो, क्रान्तिको महोत्सव हो

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रास्वपाको प्रथम महाधिवेशनलाई एक ऐतिहासिक परिघटना र क्रान्तिको महोत्सवका रूपमा व्याख्या गरेका छन्।

रास्वपा महाधिवेशनलाई सम्बोधन गर्दै राउतले भने, ‘यो एउटा ऐतिहासिक परिघटना हो, यो केवल महाधिवेशन मात्र होइन। यो क्रान्तिको महोत्सव हो। त्यही भएर म यहाँ उपस्थित भएको छु।’

रास्वपाले देखेजस्तै सपना आफूले पनि देखेकाले ६ घण्टाको यात्रा गरेर चितवन आएको बताउँदै उनले भने, ‘म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईंको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन उपस्थित भएको छु।’

आफूहरूले परिवर्तनका लागि धेरै प्रकारका आन्दोलन गरे पनि सफल नभएको उनले सुनाए। रास्वपाले जनताको विश्वास जित्ने सौभाग्य पाएको बताउँदै उनले भने, ‘जनताले सबै कुरा सबैलाई पत्याइदिने सौभाग्य पाउँदैनन्। तर, त्यो सौभाग्य आज तपाईंले पाउनुभएको छ।’

सुझावित समाचार