धनकुटा नगरपालिका– १०, पात्लेबाट लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायब निरीक्षक उमेश खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुनसरीको देवानगन्ज नगरपालिका– ५, साहेबगन्जका २६ वर्षीय पप्पु भन्ने सनिकुमार मण्डललाई धनकुटा नगरपालिका– १०, पात्लेबाट लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।
शंका लागेर चेकजाँच गर्ने क्रममा आरोपित मण्डलको साथबाट लिसाइलो पदार्थ (ब्राउनसुगर) पाँच ग्राम फेला पारेको पनि प्रहरीले बताएको छ। उनलाई जिल्ला प्रहरी कार्यलय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारी क्षेत्रीले बताए।