रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापा जाने

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने भएका छन् ।

थापाका स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन थापा जान लागेको जानकारी गराएका हुन् । 

विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएको थियो । महाधिवेशनका लागि रास्वपाका नेताहरू सहभागी हुने क्रम जारी रहेको छ । रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका छन्।

रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदै छ ।

See More On

सुझावित समाचार