सिटी सफारीपछाडि गाईलाई बाँधेर यातना दिने पक्राउ

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

सिटी सफारिको पछाडि बाँधेर गाईलाई दौडाउँदै यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल टिकटकमा सिटी सफारीको पछाडि एक गाईलाई बाँधेर सडकमा दौडाइएको भिडियो भाइरल भएपछि मोरङ प्रहरीले सिटी सफारीचालकलाई शुक्रबार पक्राउ गरेको हो । 

३ असारमा टिकटकमा सिटी सफारीपछाडि गाई बाँधेर दौडाउँदै स्टन्ट गरेको भिडियो भाइरल भएको थियो। सोही भाइरल भिडियोका आधारमा मोरङ प्रहरीले प्रदेश १–०२–००४ ह २१२१ नम्बरको सिटी सफारी र चालक विराटनगर महानगरपालिका–१८ निवासी नारायण कामतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार सिटी सफारीको पछाडि व्यक्तिलाई बाँधेर सडकमा दौडाइएको घटनाले ट्राफिक नियम उल्लंघनसँगै सार्वजनिक सुरक्षामाथि समेत गम्भीर जोखिम सिर्जना गरेको छ।  
 

See More On

सुझावित समाचार