सद्गुरुको ‘मिराकल अफ माइन्ड’ एप अब नेपाली भाषामा

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)को विशेष अवसरमा सद्‌गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूले तयार गरेको एप ‘मिराकल अफ माइन्ड’ नेपाली भाषामा उपलब्ध हुने भएको छ।

बालुवाटारस्थित टी २१ प्यालेसमा आयोजना हुने विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुने बताइएको छ। ‘मिराकल अफ माइन्ड’ निर्देशनसहित ध्यान गर्ने एप हो, जसले नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्ने छ।

२६ फेब्रुअरी २०२५ मा सार्वजनिक भएको यस एपलाई सुरूको १५ घण्टामै १० लाख मानिसले डाउनलोड गरेका थिए। सार्वजनिक भएको २४ घण्टाभित्रै एप अमेरिका, क्यानडा, युके, अस्ट्रेलिया, सिंगापुर, जर्मनी र भारतलगायत २० वटा राष्ट्रमा ट्रेन्डिङमा रहेन सफल भएको थियो।

सुझावित समाचार