यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने, विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ। बैठकपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विभिन्न ६ निर्णयहरू सार्वजनिक गरेका हुन्।

हेर्नुस् निर्णयहरू ः
१. नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने,
२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने,
३. सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने,
४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने,
५. राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने,
६. संघीय संसद्समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति प्रदान गर्ने :

क) सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक
ख) सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक
ग) सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक,
घ) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।

सुझावित समाचार