चिडियाखानाभित्रका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएपछि अनिश्चितकालीन बन्द

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका चरा र साना प्रजातिका वन्यजन्तुमा बर्डफ्लु देखिएपछि शुक्रबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ। 

बिहीबार ल्याब परीक्षणबाट बर्डफ्लुको संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि चिडियाखानामा अवलोकन बन्द गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले बताए।

‘चरा र केही साना प्रजातिका वन्यजन्तुमा बर्डफ्लुको लक्षण देखिएपछि नमुना परीक्षणका लागि ल्याबमा पठाइएको थियो। बर्डफ्लु पजिटिभ देखिएको छ,’ उनले भने, ‘बर्डफ्लुको संक्रमण फैलन नदिन र चिडियाखानामा देखिएको बर्डफ्लु रोकथामका लागि शुक्रबारबाट अवलोकन बन्द गरिएको हो।’

सुझावित समाचार