सहकारीको बचत फिर्ता गर्न सरकारको एक पैसा पनि खर्च भएकाे छैन : मन्त्री रावल

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्दा सरकारको एक रुपैयाँ पनि खर्च नभएको प्रस्ट पारेकी छिन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री रावलले भनिन्, ‘अहिले सरकारको तर्फबाट समस्याग्रस्त सहकारीमा बचत फिर्ता गर्ने कार्य भइरहेको छ। त्यसमा नेपाल सरकारको एक पैसा पनि गएको छैन।’

तत्कालीन सरकारहरूले नियमन नगरी जथाभावी कार्यक्षेत्र विस्तार गर्न दिएकाले अहिले सहकारी क्षेत्रको दुर्दशा भएको मन्त्री रावलको दाबी छ। उनले भनिन्, ‘आज बचतकर्ताको बचत डुब्नुमा जति त्यहाँ सहकारीका सञ्चालकहरू दोषी छन्, उत्तिकै तत्कालीन सरकारहरू पनि दोषी छन्।’
 

सुझावित समाचार