राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका सकारात्मक काममा आफ्नो दलले साथ र समर्थन गर्ने तथा गलत कामको आवश्यक विरोध गर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेता शाहीले सरकारले नदी किनारामा रहेका सुकुमबासीलाई नदी किनारबाट हटाएकोमा स्वागत गरेको स्मरण गरे। उनले सार्वजनिक हितका यस्ता कदमलाई आफ्नो दलले समर्थन गर्ने स्पष्ट पारे।
शाहीले करको दर परिवर्तनसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याए।