गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीले कुन आधारमा सफाइ पाए भन्ने विषयमा संसद् र जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताए।

सांसद केरुङले जेन–जेड आन्दोलनका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन पनि यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि दबाब दिई पक्राउ पुर्जी जारी गराउन खोजिएको भन्ने विषय बाहिर आएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य छानबिन गर्न पनि उनले माग गरेका छन्।

सुझावित समाचार