एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण शृंखला ‘एलजी इसेन्सिएल सिरिज’ सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी यो सिरिजको औपचारिक घोषणा गरिएको हो । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत डबल डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर सार्वजनिक गरिएको हो । यो सिरिज आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई ध्यानमा राखेर नेपाली बजारका लागि विकास गरिएको बताइएको छ ।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सिजी इलेक्ट्रोनिक्सबिचको दीर्घकालीन सहकार्यलाई स्मरण गर्दै यो नयाँ सिरिजले उपभोक्ताका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार डबल डोर रेफ्रिजेरेटरमा फ्रोस्ट फ्री प्रविधि जडान गरिएको छ । स्मार्ट मोडको सुविधा रहेको यो मोडेलमा मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण तथा तरकारी भण्डारण क्षमता अघिल्ला मोडेलको तुलनामा २० प्रतिशतले बढी रहेको दाबी गरिएको छ ।
त्यस्तै, टप टोप वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बिएमसी कभर तथा आइपिएक्स–४ प्रमाणित वाटर रेसिस्टेन्ट कन्ट्रोल प्यानलजस्ता सुविधा समावेश छन् । यही सिरिजको एयर कन्डिसरमा भने ऊर्जा दक्ष प्रविधिसहित प्रभावकारी कुलिङ तथा हिलिङ सुविधा छ । नन इन्भर्टर एसीको तुलनामा यसले कम बिजुली खपत गर्ने बताइएको छ ।