अच्युत गिरी बने लुम्बिनी प्रदेशको उत्कृष्ट प्रहरी

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरी लुम्बिनी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन्। प्रहरी निरीक्षक गिरी जेठ महिनाको प्रदेशको उत्कृष्ट प्रहरीमा छनाेट भएका हुन्।

गिरीले पेसागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्ने क्रममा मातहत प्रहरी कर्मचारीहरूलाई चुस्तदुरुस्त रूपमा परिचालन तथा व्यवस्थापन गरी भन्सार चोरी पैठारी नियन्त्रण, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न  सफल भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।
 
कार्यालयका अनुसार गिरीले जनचेतना अभिवृद्धि, फैसला कार्यान्वयनको क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान गरेका छन्।

सुझावित समाचार