सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

सा‌ंग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत शिविर सञ्चालन गरेको हो । २९ जेठमा जिल्ला अस्पताल खलंगा र ३० गते दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । 

खलंगामा तीन सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा तीन सय २४ जनालाई विशेषज्ञ डाक्टरसँग निःशुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधी र चस्मा वितरण गरिएको बताइएको छ । शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले सेवा दिएको थियो ।

उक्त शिविरमा आँखा परीक्षण गरिएकामध्ये मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई यस सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिने बैंकले जनाएको छ । यस बैंकले देशभरका एक सय नौ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ । 

सुझावित समाचार