दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा रोल्पामा एक ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका– ४, थर्पुनिवासी ५५ वर्षीय धनप्रसाद पुन रहेका छन्। उनीमाथि १५ वर्षीया बालिका तथा उनकी ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे उजुरी प्राप्त भएपछि आरोपितलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बालबालिकामाथि हुने यौनजन्य हिंसा गम्भीर अपराध भएकाले दोषी ठहरिए कानुनबमोजिम कडा कारबाही हुने व्यवस्था रहेको छ। प्रहरीले यस्ता घटनाबारे जानकारी भएमा तत्काल सम्बन्धित निकायमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

सुझावित समाचार