स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा रिक्त पदका लागि आवेदन खुला

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न परिषद्, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ।

यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि सात सदस्य र एक सदस्यसचिव, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक तथा स्वास्थ्य बिमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

नेपाल नर्सिङ परिषदमा भने उपाध्यक्ष पदका लागि समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित ऐन तथा नियमावलीअनुसार तोकिएको योग्यता पूरा गरेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

सुझावित समाचार