विद्यार्थीहरूमा नवप्रवर्तनको भावना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा सुरु भएको डियरह्याक, ०२६ ह्याकाथन सम्पन्न भएको छ। तीन दिनसम्म चलेको ह्याकाथनको आयोजना डिडब्लुआइटी सफ्टवेयर क्लबले गरेको थियो ।
काठमाडौंस्थित डियरवाक कम्प्लेक्समा चलेको ह्याकाथनमा नेपाल तथा भारतका स्थापित कलेजका प्रतिभाशाली नवप्रवर्तक युवा सहभागी भएका थिए। क्लबले गरेको गरेको यो चौथो संस्करण हो ।
कार्यक्रम संयोजक दृश्य कार्कीका अनुसार यस वर्षको संस्करणमा १७ टोली सहभागी थिए । जसले ४८ घण्टासम्म निरन्तर मेहनत गरेका थिए। उनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई), वातावरण, अन्तर्क्रियात्मक प्रविधि र ब्लकचेनलगायत विभिन्न विधामा परियोजना विकास गरेका थिए ।
क्लबले कार्यक्रमका उत्कृष्ट भएका परियोजनालाई विजेता घोषणासमेत गरेको थियो। सहभागीमध्ये टोली प्रोफिट.एक्सईलाई डियरह्याक, ०२६ को विजेता घोषित गरिएको थियो ।
उक्त टोलीमा दीप खनाल, दीपेश सिंह, साजन साही कर्मी र मनीदास श्रेष्ठ सहभागी थिए । कार्यक्रमका अर्को संयोजक श्रेयांश पोखरेल थिइन्।