राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन धनगढीमा सुरु भएको छ । रास्वपाका महामन्त्री भूपदेव शाहले अधिवेशनको उद्घाटन गरेका हुन् ।
अधिवेशनले सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र बाँकी सदस्य गरी ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उद्घाटन समारोहमा सांसद डा. आनन्दबहादुर चन्द, केपी खनाल, जगतप्रसाद जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
रास्वपा नेताहरूका अनुसार प्रदेश सभापतिका लागि हालका सभापति प्रकाश विष्ट, कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद जनक धामीलगायत आकांक्षी छन् ।