कैलाश मानसरोवरमा पहिलोपटक अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पहिलोपटक कैलाश मानसरोवर क्षेत्रमा विशेष योग तथा ध्यान कार्यक्रम आयोजना हुने  भएको छ। विश्व शान्ति तथा आध्यात्मिक समाजले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

समाजका अनुसार आगामी असार ७ गते (१२औँ अन्तर्राष्ट्रिय योग दिवस) कैलाश–मानसरोवरमा सामूहिक योग र ध्यान गरी दिवस मनाउन योगी आचार्य राजन शर्माको नेतृत्वमा टोली असार ३ गते त्यसतर्फ प्रस्थान गर्नेछ।

योगी आचार्य राजन शर्माका अनुसार समाजले विगत एक दशकदेखि निःशुल्क योग, ध्यान, वैदिक शिक्षा, आत्मसाक्षात्कार तथा मानव चेतना विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

उनका अनुसार नेपाल, भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा नेपाल योगको भूमि हो भनेर प्रचार गरिँदै आएको छ। विश्वका दुई विश्वविद्यालयले नेपालको योगलाई पाठ्क्रममा नै राखेका छन्।  हाल दैनिक रूपमा सयौँ बालबालिका, युवा तथा साधकहरू योग, ध्यान र आध्यात्मिक अभ्यासमा सहभागी हुँदै आएका छन्।

योगाभ्यासमा विश्वका ८० भन्दा बढी योगीहरू सहभागी हुने बताइएको छ।

सुझावित समाचार