आँखुखोलाले गर्‍यो साधारणसभा

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

आँखुखोला जलविद्युत् कम्पनीको १७औँ र १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने दुवै आर्थिक वर्षकोे वार्षिक प्रतिवेदन पारित गरेको हो । त्यस्तै, सभाले लेखा परीक्षकको प्रतिवेदनसहितको दुवै आवकोे वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गरेको छ ।

कम्पनीले ४० करोडबराबरको हकप्रद सेयरसमेत निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनबाट संकलित रकमले बैंकको कर्जा घटाइने प्रस्ताव पारित गरिएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठले आयोजनाको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राखे । अध्यक्ष श्रेष्ठले कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा कम्पनीको सेवा, उत्पादन क्षमता र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी, सेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति, उपलब्धि र भावी योजनाबारे समेत जानकारी गराइएको थियो । 
 

सुझावित समाचार