सुनचाँदीको मूल्य बढ्यो

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि हुँदै दुई लाख ९३ हजार दुई सय रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ८४० रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।

सुझावित समाचार