अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्ध रोकिने संकेत गरेका छन्। आइतबार इरानसँग युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुने उनको दाबी छ। सामाजिक सञ्जालमा लेख्दै उनले सम्झौतामा हस्ताक्षर भएलगत्तै होर्मुज स्ट्रेट सबैका लागि खुल्ने उनको भनाइ छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि २४ घण्टाभित्र सम्झौताको तयारी भइरहेको उल्लेख गरेका छन्। पाकिस्तानले युद्ध रोक्न मध्यस्थता गरिरहेको छ।
ट्रम्पले आफ्नो प्रशासनको इरानसँग विगतमा भन्दा राम्रो सम्बन्ध हुने उल्लेख गरेका छन्।
सम्झौता केही गरी रोकिएमा अमेरिकासँग ‘अन्तिम विकल्प’ बाँकी नै रहेको र त्यो प्रयोग प्रयोग गर्न नपर्ने आफ्नो अपेक्षा भएको उनको भनाइ छ ।