कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानमा पाँच विषयगत उपसमिति संयोजक चयन

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पाँचवटा विषयगत उपसिमिति संयोजक चयन गरेको छ ।  प्रतिष्ठान प्रमुख उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पाँच विषयगत उपसमिति संयोजकहरू चयन गरेको हो । 

जसअनुसार डायस्पोरा डाइलग उपसमिति संयोजकमा डा. यादव पण्डित चयन भएका छन् । उपसमितिले नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचनाबाहिरको बृहत् विश्व समाजसँग नीति संवाद र समन्वय गर्नेछ ।

त्यस्तै, स्वास्थ्य बिमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् । घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजकमा स्वीकृति पौडेल चयन भएकी छिन् । 

त्यस्तै, सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति, संयोजकमा श्रीप्रसाद भलामी र खेलकुद नीति संवाद उपसमिति, संयोजकमा विनोद दास चयन भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । बैठकमा सभापति गगन थापा पनि सहभागी थिए ।

सुझावित समाचार