अर्थमन्त्री वाग्लेविरुद्धको टिप्पणीप्रति खगेन्द्र सुनारको आपत्ति

घामजत्तिकै छर्लङ्ग भएको विषयमा ‘नाक कहाँ पर्छ?’ भनेर छानबिन समिति गठन गर्न आवश्यक छैन

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाका सांसद खगेन्द्र सुनारले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लले संवैधानिक प्रक्रिया पूरा गरेर गरेको कार्यबारे गरिएको टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुनारले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीका भनाइ स्मरण गर्दै संसद्का आफ्नै विधि–विधान, अन्तर्राष्ट्रिय मान्यता तथा स्थापित परम्पराहरू हुने र संसद्का निर्णय तथा अभ्यासहरू त्यही आधारमा सञ्चालन हुने बताए।  विगतमा परम्पराका आधारमा भएका त्रुटिहरूसमेत सच्याइएका उदाहरण रहेको उनको भनाइ छ।

उनले स्वर्णिम वाग्लेमाथि गरिएको अनावश्यक टिप्पणी तथा लगाइएका लाञ्छनाप्रति गम्भीर आपत्ति जनाउँदै स्पष्ट तथ्यलाई अनावश्यक रूपमा विवादित बनाउने प्रयास उचित नभएको बताए।

‘घामजत्तिकै छर्लंग भएको विषयमा ‘नाक कहाँ पर्छ ?’ भनेर छानबिन समिति गठन गर्न आवश्यक हुँदैन। नाक यहीँ छ भन्ने कुरा सबैलाई स्पष्ट रूपमा थाहा छ,’ सुनारले भने। 

सुझावित समाचार