पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्। इप्पानको २४औँ साधारणसभा तथा आठाैँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।
‘नीतिगत तहमा केही सुधार गर्नुपर्ने भए हामीलाई सम्झाउनुहोला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको भए हामीलाई भन्नुहोला । हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशनसमेत दिन सक्छौँ,’ उनले भने ।
नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री ल्याइएको उनकाे भनाइ छ । गजुरेलले आगामी नीतिहरू थप निजी क्षेत्रमैत्री बनाउने बताउँदै भने, ‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौँ। हामीले लिएको नीति पूरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौँ ।’