भाटभटेनी–ग्लोबलबिच सहकार्य

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोरबिच सहकार्य भएको छ । बैंकका ग्राहकलाई भाटभटेनीका सबै स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई इएमआई सुविधा प्रदान गर्ने द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौताबमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले जनाएको छ ।

ग्राहकले आफूलाई अनुकूल हुने गरी तीन ६, नौ १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्नेछैन । 

सुझावित समाचार