राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन्।
मंगलबार दुई मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ। सुधन गुरुङ गृह मन्त्रालय ‘ब्याक’ हुँदा महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। गुरुङ वरीयताको पाँचौँ तथा पुन आठौँ नम्बरमा छन्।
रक्षा मन्त्रालयको जिम्मेवारी भने अझै प्रधानमन्त्री शाहसँगै छ।
