धनकुटाको महालक्ष्मी नगरपालिकाबाट साल र रुद्राक्षको अवैध काठसहित ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महालक्ष्मी–७ माथिल्लो आन्द्रुङबाट सालको ६० थान चिरान काठ (६९.१९ क्यूफिट), १४ थान बाकल र रुद्राक्षको चिरान काठ १७ थान (८.६९ क्यूफिट) बरामद गरेको प्रहरीले बताएको छ। उक्त काठ बोक्नको लागि प्रयोग गरिएको प्र १–०२–००३ त १७४४ नम्बरको ट्याक्टर र चालक महालक्ष्मी–७, जितपुरका २९ वर्षीय विजय दर्जीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रहरीले बरामद गरेको काठ, ट्याक्टर र चालक दर्जीलाई आवश्यक कारबाहीको लागि आजै डिभिजन वन कार्यालय धनकुटाको जिम्मा लगाएको छ।