रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो १२:२८ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामा यात्रु तथा सवारीचालकको सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि राजमार्गमा सवारी सञ्चालन ‘होल्ड’ गरिएको जनाएको छ।
प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि अर्को सूचना जारी गरी यातायात सञ्चालन पुनः नियमित भएको जानकारी गराइनेछ।
प्रहरीले यात्रु तथा सवारीचालकलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन तथा अद्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।