पछिल्लो १० वर्षमा २९ हजार आप्रवासीको मृत्यु

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

गरिबी र द्वन्द्वबाट बच्न एसिया र अफ्रिकाबाट भूमध्यसागरको बाटो हुँदै सामान्य डुंगामा युरोप जाने क्रममा बर्सेनि थुप्रै दुर्घटना हुने गरेका छन् । यस्ता दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउँछन् ।

विगत १० वर्षमा भूमध्यसागर क्षेत्रमा भएका दुर्घटनामा कम्तीमा २८ हजार ९३२ जनाको मृत्यु भएको विभिन्न गैरसरकारी संस्थाको अनुमान छ । यस्ता दुर्घटनामा परेका एक लाख ७५ हजारभन्दा बढी आप्रवासीलाई उद्धार गरिएको छ । केही मानव अधिकारवादी समूह यस्ता दुर्घटनाको उद्धारमा खटिने गरेका छन् ।

२१ गैरसरकारी संस्थाको एउटा समूहले सन् २०१५ देखि अहिलेसम्म भूमध्यसागर हुँदै खतरनाक तरिकाले युरोप जाने क्रममा सयौँ बेपत्ता भएको जनाएको छ । जर्मनस्थित गैरसरकारी संस्था ‘एसओएस ह्युम्यानिटी’ले  यस्तो विवरण प्रस्तुत गरेको हो । सामुद्रिक उद्धारमा संलग्न २१ संस्थामध्ये १० वटा जर्मनीमा छन् ।

लिबिया, ट्युनिसिया, इटली र माल्टाबिचको मध्य–भूमध्यसागरीय क्षेत्रमा प्रायः दुर्घटना र मृत्यु हुने गरेको छ । यसैबिच आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार सन् २०२५ मा आठ हजार आप्रवासीको मृत्यु वा बेपत्ता भएका छन् ।  

सुझावित समाचार