इजरायल र इरानद्वारा एक–अर्कामाथि हमला

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

इजरायल र इरानबिच पुनः भीषण हमला भएको छ । इजरायली सेनाले इरानको राजधानी तेहरान, तब्रिज, कारज र इस्फहान सहरमा हमला गरेको छ भने इरानी सेनाले उत्तरी इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

इरानले लेबनानमा जारी सैन्य कारबाहीमार्फत इजरायलले बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै उत्तरी इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि इजरायलले भीषण हमला गरेको हो ।

इजरायलले तेहरानको सबैभन्दा नजिकको सहयोगी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेको बताएको छ । अप्रिलमा दुई देशबिच युद्धविराम भएको थियो । युद्धविराम लागू भएपछि दुई देशबिच फेरि तनाव बढेको हो ।

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई एक–अर्कामाथि आक्रमण बन्द गर्न आह्वान गरेका थिए । ‘इजरायल र इरानले तुरुन्तै गोलाबारी बन्द गर्नुपर्छ,’ उनले आफ्नो ट्रुथ सोसल प्लाटफर्ममा एक छोटो पोस्टमा भनेका थिए । इरानसँग कसरी वार्ता गर्ने भन्नेबारे अमेरिका र इजरायलबिच ठुलो असहमति देखा परेको विश्लेषकको भनाइ छ । 

आइतबार, इजरायलले बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्यो, जसमा कम्तीमा दुईजनाको मृत्यु भयो र २० जना घाइते भए । ती आक्रमणको केही घण्टापछि इरानले उत्तरी इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्यो, जसलाई तेहरानले बेरुत आक्रमणको बदलाको रूपमा वर्णन गरेको छ । 

सुझावित समाचार