विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ। प्रारम्भमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि सूचना टाँसेर भोलि दिउँसो १ बजे बस्ने गरी सारिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिबारे विपक्षी दलहरूले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति हटाउन र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग राखेका छन्। यही विषयलाई लिएर विपक्षीले बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।
विपक्षी दलहरूले समस्या समाधानका लागि संवादमार्फत सहमति खोज्न सभामुखसँग आग्रह गरेका छन्। यसैबिच, आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा सर्वदलीय बैठक बसेर विपक्षीसँग छलफल गरिएको भए पनि सहमति जुट्न सकेको छैन ।