नयाँ सरकारप्रति भारत सकारात्मक, सहकार्यमा उत्साह : परराष्ट्रमन्त्री खनाल

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा नेपालमा गठन भएको नयाँ सरकारप्रति भारतीय पक्षमा सकारात्मक उत्साह देखिएको बताएका छन्।

आइतबार भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका मन्त्री खनालले नेपालमा बनेको स्थिर सरकारले द्विपक्षीय सहयोग र विकास परियोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सहज वातावरण सिर्जना गरेको धारणा भारतीय पक्षबाट आएको बताए।

उनले नेपाल–भारत सम्बन्धका विभिन्न परियोजना तथा सहकार्यका कार्यक्रमहरूलाई निरन्तरता दिन स्थिर सरकार महत्वपूर्ण हुने उल्लेख गर्दै भारतीय पक्षले वर्तमान सरकारप्रति विश्वास व्यक्त गरेको जानकारी दिए।

मन्त्री खनालका अनुसार बारम्बार सरकार परिवर्तन हुँदा सुरु भएका परियोजना र संवाद प्रक्रियालाई निष्कर्षमा पुर्याउन कठिनाइ हुने गरेको थियो। तर, हालको सरकारले स्थायित्वको सन्देश दिएकाले नेपालसँग दीर्घकालीन रूपमा काम गर्न सकिने विश्वास भारतले लिएको उनको भनाइ छ।

उनले स्थिर राजनीतिक वातावरणले नेपाल–भारतबिचका विकास, पूर्वाधार तथा अन्य सहकार्यका कार्यक्रमहरूलाई थप गति दिने अपेक्षा व्यक्त गरे।

सुझावित समाचार