रास्वपाको विधानमा के–के संशोधन हुँदै छ ?

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएर काम गरिरहेको छ । समितिले विधानमा संशोधन गर्नुपर्ने विषय पहिचान गरेर सुझावका लागि केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पेस गरेको छ ।

संयोजक आचार्यले केन्द्रीय समितिको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिएर पारित गरिने बताए । उनका अनुसार पार्टी संगठनलाई आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रक्रियाहरू व्यावहारिक बनाउने हिसाबले विधान संशोधन हुनेछ । उनले भने, ‘पदाधिकारी संख्या हेरफेरदेखि आवश्यक नीतिगत व्यवस्था परिमार्जन गरिएको छ ।’ महामन्त्री एकजना भएकोमा दुईजना राखिएको छ ।

बालेन्द्र शाह समूहबाट भूपदेव शाह दोस्रो महामन्त्री छन् । यसलाई विधानले समेटेको छ । यसैगरी, उपसभापति दुई थियो, एकजना थपेर तीन पुर्याइयो । सहमहामन्त्री तीनजना थियो, एक थपेर चार बनाइएको छ । सहप्रवक्ता एकजना थप्ने केन्द्रीय समितिको निर्णयअनुसार विधानमा व्यवस्थापन गरिएको छ । 

सुझावित समाचार