रास्वपा ताप्लेजुङको सभापतिमा राजनकुमार गुरुङ सर्वसम्मत चयन

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनबाट राजनकुमार गुरुङ सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका छन्। गएराति अबेर सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै जिल्ला कार्यसमितिलाई पूर्णता दिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल तथा सहसचिवमा गोपाल गुरागाईं चयन भए । यसैगरी सदस्यहरूमा कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा सर्वसम्मत रूपमा चयन भएका छन् ।

अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, जनसरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह तथा जिल्लामा रास्वपाको गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। अधिवेशनमा सहभागी प्रतिनिधि तथा कार्यकर्ताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सुझावित समाचार