राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाको सभापतिमा शान्ता बुढाक्षेत्री निर्वाचित

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापतिमा शान्ता बुढाक्षेत्री निर्वाचन भएकी छिन् । निकटतम प्रतिस्पर्धी उदयबहादुर खत्रीलाई पराजित गर्दै रास्वपा बर्दियाको सभापतिमा शान्ता  निर्वाचन भएकी हुन्।

सभापतिमा  बुढाक्षेत्रीले १५८ मत प्राप्त गरिन् भने  उनका निकटतम प्रतिस्पर्धी खत्रीले ४६ मत प्राप्त गरेका छन् । यसैगरी, उपसभापति पदमा दुर्गाप्रसाद थारू १५२ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी मुकेशकुमार थारूले ३५ मत प्राप्त गरे।

सचिव पदमा दीपकबहादुर बिसी १४७ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी लक्ष्मीप्रसाद न्यौपानेले ५३ मत प्राप्त गरे । यसैगरी, सहसचिव पदमा शरद तिवारी १३१ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रवीन्द्र उपाध्यायले ६३ मत प्राप्त गरेका छन् ।

सदस्य पदमा अर्जुन भण्डारी, हेमराज सुवेदी, अजितकुमार मल्ल, सोमबहादुर गुरुङ, रमेश अर्याल, विष्णुप्रसाद उपाध्याय, लीला पनेरू  र गीता खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनबाट निर्वाचन र मनोनीत गरी २१ सदस्यीय जिल्ला  कार्यसमिति रहनेछ ।

सुझावित समाचार