सन् १९७५ : पहिलो विश्वकप क्रिकेट सुरु । इंग्ल्यान्डले पहिलो संस्करणको आयोजना गरेको थियो । यो प्रतियोगिता आज विश्वको सबैभन्दा महत्वपूर्ण खेलकुद घटनामध्ये एक हो । वेस्ट इन्डिज पहिलोपटक विश्व क्रिकेट च्याम्पियन बनेको थियो ।
सन् १०९९ : इसाईहरूको उद्गमस्थल जेरुसेलमलाई नयाँ धर्म इस्लामको कब्जाबाट मुक्त गर्ने भन्दै युरोपबाट ठुलो समूह बनाई आएका क्रुसेडरको पहिलो समूह जेरुसेलम आइपुग्यो ।
सन् १४९४ : स्पेन र पोर्चुगलले ‘टोरडेसिलास सन्धि’मा हस्ताक्षर गर्दै नयाँ पत्ता लागेको उत्तर तथा दक्षिण अमेरिकी महादेशलाई ३७० डिग्री देशान्तरलाई आधार मानी दुई मुलुकबिच भाग लगाए ।
सन् १७५३ : बेलायतको संसद्ले एक विधेयक पारित गर्दै ब्रिटिस संग्रहालय स्थापना गर्यो ।
सन् १७९८ : माल्थसको ‘जनसंख्या सिद्धान्तबारे आलेख’को पहिलो संस्करण प्रकाशित भयो ।
सन् १८९३ : दक्षिण अफ्रिकामा रेलयात्रा गरिरहेका महात्मा गान्धीलाई गैरगोरा भएर पहिलो दर्जाको कम्पार्टमेन्टमा यात्रा गरेको भन्दै अपमानजनक रूपमा बाहिर निकालियो । भोलिपल्ट गान्धीले यस कदमको विरोधमा उनको जीवनको पहिलो सत्याग्रह गरे ।
सन् १९२९ : भ्याटिकन सिटी एक स्वतन्त्र राज्य बन्यो । सोही वर्षको फेब्रुअरी ११ मा हस्ताक्षर भएको लेटरन सन्धिलाई यसै दिन इटलीको फासिस्ट सरकारले अनुमोदन गरेको थियो । सन्धिले भ्याटिकन सिटीको राजनीतिक र क्षेत्रीय सार्वभौमसत्ताको ग्यारेन्टी गर्छ ।
सन् १९३९ : जर्ज छैटौँ अमेरिका भ्रमण गर्ने पहिलो ब्रिटिस राजा बने ।
सन् १९४८ : चेकोस्लोभाकियाको सत्ता कम्युनिस्टहरूले कब्जा गरे ।
सन् १९५५ : अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनहावर रंगीन टेलिभिजनमा देखिने पहिलो राष्ट्रपति बने ।
सन् १९५८ : साइप्रस टापुका दुई मुख्य सम्प्रदाय ग्रिक र टर्कबिच द्वन्द्व भड्कियो । त्यस द्वन्द्वका कारण आजसम्म यो टापु यिनै दुई सम्प्रदायबिच बाँडिएको छ ।