त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्याउन आउने सवारीसाधनका लागि १५ मिनेटसम्म निःशुल्क पार्किङ सुविधा लागू गरिएको छ।
विमानस्थल कार्यालयले यात्रुहरूको आवतजावतलाई थप सहज बनाउने उद्देश्यले ‘पिक एन्ड ड्रप’ सेवाअन्तर्गत पार्किङ शुल्क नलाग्ने समयसीमा विस्तार गरेको हो। नयाँ व्यवस्थाअनुसार यात्रु छोड्न वा लिन आउने सवारीसाधनले विमानस्थलपरिसरभित्र प्रवेश गरेपछि १५ मिनेटभित्र बाहिरिएमा कुनै पनि पार्किङ शुल्क तिर्नुपर्ने छैन।
विमानस्थलले यात्रु सेवाको आवश्यकता र भिड व्यवस्थापनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाएको छ । यसअघि उक्त सुविधा सात मिनेटसम्म मात्र सीमित थियो।