सुन तस्करीमा मुछिएका नासुलाई जेल चलानको आदेश

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

सुन तस्करीमा मुछिएका विमानस्थल भन्सारका तत्कालीन नासुलाई अदालतले कारागार चलानको आदेश दिएको छ। नासु रेवन्त खड्कालाई शुक्रबारर विशेष अदालतले थुनामा पठाउन भनेको हो। 

उनलाई दुई वर्षअघि नै सिआइबीले पक्राउ गरी मुद्दा चलाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

चिनियाँ समूहले तस्करी गरेको सुन लुकाइएको भेप भन्सारको गोदामबाटै साटफेर गरेको घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको थियो। 

यही प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई समेत मुद्दा दायर भएको छ। 

सुझावित समाचार