देशको स्थिति परिवर्तन गर्न उज्यालो पार्टीले हरित क्रान्ति गर्छ : कुलमान घिसिङ

निलो क्रान्ति धेरै समय टिक्दैन

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले देशको स्थिति परिवर्तन गर्न हरित क्रान्ति गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको निलो क्रान्ति धेरै समय नटिक्ने भन्दै उनले आफूहरूले हरित क्रान्ति गर्ने उल्लेख गरे।

क्रान्तिका नाममा देशमा धेरै राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै घिसिङले आर्थिक परिवर्तन हरित क्रान्तिले मात्र गर्न सक्ने दाबी गरे । 

हरित क्रान्तिले सुशासनलाई मूलमन्त्र बनाएर अघि बढ्ने भन्दै उनले अन्तिम क्रान्ति नै हरित क्रान्ति हुने बताए । 

सुझावित समाचार