ट्राफिक प्रहरीको भिडियो तथा फोटो खिची एआईबाट परिमार्जन (एडिट) गरी फेसबुकमा हाली दुष्प्रचार गरेको अभियोगमा सिन्धुलीमा एकजना पक्राउ परेका छन्।
गत मंगलबार कमलामाई नगरपालिका– ७ स्थित बिपी राजमार्गको गड्यौली पुलनजिक सडकमा चेकिङमा खटिएका ट्राफिकको दुष्प्रचार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले कमलामाई– १ का २१ वर्षीय हर्कबहादुर स्याङतानलाई पक्राउ गरेको हो।
उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा बिहीबार जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।