विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको क्षेत्रमा स्थापित जिडब्लुएम (ग्रेट वाल मोटर्स) नेपाली विद्युतीय सवारीसाधन (इभी) बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयुभी ल्याउने तयारी गरेको छ ।
विश्वका एक सय ७० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जिडब्लुएमले नेपालका लागि नयाँ ऊर्जा, नयाँ सोच तथा आधुनिक प्रविधिसहितको विद्युतीय एसयुभी सार्वजनिक गर्ने जनाएको हो । कम्पनीले हालसम्म उक्त मोडेलको औपचारिक घोषणा नगरे पनि प्रारम्भिक विवरणले अटोमोबाइल क्षेत्र र विद्युतीय सवारी पारखीबिच उत्सुकता बढाएको छ ।
कम्पनीका अनुसार आगामी विद्युतीय एसयुभीमा करिब पाँच स य २० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधा समावेश हुने अपेक्षा गरिएको छ । यसका साथै आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले सवारीलाई सडकमा अलग पहिचान दिलाउने विश्वास गरिएको छ । आधुनिक प्रविधि र प्रिमियम फिचरको संयोजनले यसलाई नेपाली बजारमा प्रतिस्पर्धी विकल्पका रूपमा स्थापित गर्ने कम्पनीको अपेक्षा छ ।
यसमा प्रयोग गरिएको बहु तह सुरक्षात्मक कोटिङ प्रविधिले सानातिना स्क्र्याचलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनर्स्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने बताइएको छ । यसले सवारीको बाह्य सौन्दर्य र चमकलाई लामो समयसम्म कायम राख्न मद्दत गर्ने कम्पनीको दाबी छ ।