जनताले राज्य छ भन्ने महसुस गर्ने गरी प्रधानमन्त्रीले काम गरिरहेका छन् : सभामुख अर्याल

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले जनताले राज्य छ भन्ने महसुस गर्ने गरी प्रधानमन्त्री बालेन्द्र शाहले काम गरिरहेका बताएका छन्।

धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवाैँ जिल्ला सभा तथा आर्थिक वर्ष ०८२/८३ को प्रगति समीक्षा कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन्।

‘अब यो देश समृद्ध हुन्छ। देश विकास हुन्छ,’ सभामुख अर्यालले भने, ‘जनताले राज्य र सरकार मेरो लागि छ भन्ने महसुस गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूले निरन्तर रूपमा प्रयास गरिरहनुभएको छ र जनतालाई डेलिभरी दिन खोजिरहनुभएको छ,’ उनले भने।

विगतमा जनताले राज्यको उपस्थिति महसुस गर्न नपाएको जिकिर गर्दै सभामुख अर्यालले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्दै गइरहेको दाबी गरे। 

काभ्रे रास्वपा सभापति रवि लामिछानेको जिल्ला भएकाले योसँग आफ्नो विशेष लगाव रहेको उनको भनाइ थियो।

सुझावित समाचार