तोडियो एकान्त वार्ताको परम्परा

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलको उपस्थितिमै औपचारिक छलफल गरे, तर एकान्त भेटवार्ता भने भएन । यसअघि नेपालका शीर्ष नेताहरू केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टै एकान्त वार्ता पनि गर्दै आएका थिए ।

यसपटक भने नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापासमेत प्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरूसँग भएका भेटवार्तामा सहभागी थिए । विगतमा यस्ता राजनीतिक भेटघाटमा नेपाली दूतावासका अधिकारीहरूलाई सहभागी गराउने प्रचलन थिएन ।

सभापति लामिछानेको तर्फबाट भारतीय प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूसँग उठाइने एजेन्डा, छलफलका विषयवस्तु र प्राथमिकताहरूसमेत परराष्ट्र मन्त्रालय तथा दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले समन्वय गरी तयार पारेका थिए । 

सुझावित समाचार