आज बस्ने भनिएको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । समिति सभापति भरतबहादुर खड्काका अनुसार रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित भएको हो।
रास्वपाको जिल्ला–जिल्लामा चुनाव हुँदै गरेको र सोही पार्टीका सांसदहरू त्यहाँ गएकाले कोरम नपुग्ने अवस्था आएपछि बैठक स्थगित गरिएको सभापति खड्काले जानकारी दिए ।