सांग्रिला साइकल र्‍याली शनिबार

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

चौथो सांग्रिला साइकल र्याली यही २३ जेठ शनिबार हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुँदै आएको सांग्रिला साइकल र्याली यसपटक शनिबार आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

र्याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भई दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर हुँदै बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुने बताइएको छ । बैंकका अनुसार, र्यालीमा सहभागीमध्ये एकजनालाई गोलाप्रथाबाट आकर्षक साइकल तथा अन्य विभिन्न उपहार प्रदान गरिनेछ ।

वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पुर्याउने उद्देश्यले यस बैंकले यसअघि पहिलो, दोश्रो र तेश्रो साइकल र्याली आयोजना गरिसकेको छ । यसअघिका साइकल र्यालीमा जस्तै यसपटक पनि वातावरणप्रति चासो राख्ने तथा साइकल मैत्री सहर चाहने सबैको सहयोगको अपेक्षा गरिएको बैंकले बताएको छ । 

सुझावित समाचार